पु.समाचार

राष्ट्रपति भण्डारी स्विजरल्याण्ड भ्रमणमा जाँदै

काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा निस्कदैछिन् । अन्तर्राष्ट्रिय श्रम संगठनले स्वीजरल्याण्डको जेनेभामा आयोजना गर्ने विश्व श्रम सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली संयुक्त अरब इमिरेट्स हुँदै स्वीजरल्याण्ड पुग्ने शीतल निवास श्रोतले जनाएको छ ।

टोली मंगलबार साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।

राष्ट्रपति भण्डारी सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।