पु.समाचार

यसकारण अस्पतालमै रोइन् चाल्स शोभराजकी श्रीमती निहिता !

काठमाण्डौ । कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ। बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो। अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए। डा.रामेश कोइराला नेतृत्वको टिमले उनको अप्रेसन गरेको हो।

शोभराजको अप्रेसन सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताए। बेलुका अबेरसम्म शोभराजको होस आएको थियो। उनलाई आईसियूमा राखिएको छ।

मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, अपराधकै कारण बिश्वमा कुख्यात शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन्। सोमबार शोभराजकी ‘श्रीमती’ निहिता बिश्वास र निहिताकी आमा शकुन्तला थापा बिहानै अस्पताल पुगेका थिए। अप्रेसनका लागि आबश्यक रगत निहिताले शोभराजलाई दिएकी हुन्। दुवैको रक्तसमूह ओ पोजेटिभ हो।

थप रगत संकलनका लागि निहिताले नै पहल गरेकी थिइन्। तर, रगत दिने बताएका केही व्यक्तिहरुले ८० हजार रुपैयाँ मागेपछि निहिता रोएकी थिइन्। थप रगत अस्पतालले नै व्यवस्थापन गरेको थियो।

कैदीको सबै उपचार सरकारकै जिम्मेवारी हुन्छ। त्यसकारण शोभराजको उपचारको खर्च सरकारकै हुन्छ। मुटुको भल्भको उपचारका २ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ। अस्पतालमा शोभराजलाई कडा सुरक्षा घेरामा राखिएको छ।

अप्रेसन सफल भएपनि यस्तो अप्रेसनको सफलता २-३ महिनापछि मात्र प्रष्ट हुने चिकित्सकहरु बताउँछन्। ‘भल्भलाई शरिरले एसेप्ट गरे नगरेको २-३ महिनापछि मात्र थाहा हुन्छ,’ गंगालालका एक चिकित्सकले भने। २ बिदेशीको हत्या तथा युनुस अन्सारीको हत्या प्रयासको घटना दोषी ठहर भएका शोभराजलाई केन्द्रीय कारागारको गोलघरमा राखिदै आइएको छ।