आर्थिक

ग्लोबल आईएमई बैंकको निशुल्क आस्वा सुबिधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ ।

जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत शेयरमा आवेदन गर्न ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैंकका रहेको छ । यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।