समाचार

बिबादास्द छबि भएका दीगम्बर झामाथी रहस्यमय आक्रमण भयो, भन्छन् कसैमाथी शंका छैन

काठमाण्डौ । दुरसचांर प्राधिकरणका अध्यक्ष दीगम्बर झा माथी भएको आक्रमण रहस्यमय भएको छ । झाले आफू ५६१६ टेरियस प्राईभेट प्लेटको सरकारी गाडीमा अनामनगरमा सवार भईरहेका बेला आक्रमणको सिकार भएको बताएका छन् ।

आक्रमणबाट गाडीको पछाडीको, अगाडीको, साईड झ्यालको सीसा फुटेको झाले बताएका छन् ।  के कति क्षती भयो भन्ने याकिन हिसाब लिन ईन्स्योरेन्स कम्पनीलाई देखाएको बतायदै आफू भने सकुसल रहेको दाबी गरेका छन् । आयल निगममा धेरै बर्ष महानिर्देशक भएका झाले उक्र प्राधिकरणको अध्यक्ष हुंदा सर्बोच्च अदालतमा मुद्धा परेर जितेका थिए । उक्त मुद्धा जितेपछि उनी उक्त प्राधिकरणका प्रमुखमा कार्यरत छन् ।

आयलनिगममा हुंदा समेत बिभिन्न समयमा बिबादमा आएका झाको तमलोपाको केन्द्रीय कार्यालय अनामनगर छेउमा विशालव महल छ । तराईको गाँउमा जन्मिएका झाले आक्रमणकारी मोटरसाईकलमा आएको बताएपनि सुर्यखबरलाई मोटरसाईकल नम्बर भने बताउन सकेनन् ।

उनी सकुसल भएर जापानीज गाडी टेरस क्षती हुनु, सरकारी गाडीमा प्राईभेट नम्बर प्लेट राखेर चढ्नु, मोटरसाईकलमा आएकाले आक्रमण गरेको देखेपनि नम्बरबारे प्रहरीलाई जानकारी नदिनु, झाले रडले गाडीमा आक्रमण गरेको बताएपनि उक्त आक्रमणकारीको बारेमा कुनै ब्यक्ती वा संस्थाप्रति आशंका नै नगर्नुले घटनाप्रति बिबादास्पद छवि भएका दीगम्बर झाको उक्त घटनाप्रति आशंका जन्मिएको छ ।

उनले कहि कसैसंगपनि रिसिवी नभएको समेत बताएका छन् । कसैसंग पनि रिसिवी नभएको दावी गर्ने झामाथी किन आक्रमण गरियो काठमाण्डौ प्रहरीलाई टाउको दुःखाईको बिषय भएको छ । प्रहरीलाई उनले घटना लगत्तै जानकारी दिएको बताएका छन् ।