अन्तर्राष्ट्रिय

फ्रान्समा राष्ट्रपतिको पार्टीलाई बहुमतको संकेत

एजेन्सी । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ। राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको हो ।

सोसियालिस्ट पार्टीले ठूलो क्षति बेहोर्नु परिरहेको छ। सो पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उठेका उम्मेदवार बेन्वा आमों र पार्टीका नेता दुवैजनाले हार बेहोरेका छन्।