राजनीति

सरकारसंगको अन्तिम छलपल सम्पन्न, राजपाले स्थानीय तहको निर्बाचन बहिस्कार गर्ने

काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीले राखेको दुई नम्बर प्रदेशको निर्बाचन सार्ने प्रस्ताव समेत सरकारले अश्विकार गरेपछि उक्त पार्टी निर्बाचन बिथोल्नेगरी मधेश आन्दोलन गर्ने तयारीमा लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंगको बैठकबाट बैसाख ३१ बाट जेठ ३१ मा निर्बाचन गरे सहभागी हुने आश्वासन दिएपछि निर्बाचन सारिएपनि पुनः सार्न दबाब दिएपछि असार ९ गतेलाई निर्बाचनको मिति तोकिएको थियो । जेठ ९ गते मुस्लिमहरुको महत्वपूर्ण चाड रमजानको अन्तिम दिन परेकोले उनीहरुको समुदायलाई मतदान गर्न असहज हुने हुंदा पुनः असार १४ गततेलाई मतदानको मिति सारिएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि समेत पटक पटक राजपासंग छलफल भएपनि उनीहरुले निर्बाचन सार्न, संबिधान संसोधन गर्न लगायतका नाजायज माग राखेका कारण सहमती हुन सकेन । निर्बाचन सार्ने बाहेकका हरेक बिषयमा छलफल गरिने सरकारले बताएपनि राजपा नेताहरुले नमानेर आन्दोलनको तयारीका लागी तमलोपाको कार्यालय बिजुलीबजारमा बैठक डाकेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादब, शरदसिंह भण्डारी, महेन्द्र यादब सहभागी भएको उक्त बैठकले निर्बाचन बहिस्कार गर्ने बिषयमा निर्णय गर्ने स्रोतको दावी छ ।