समाचार

तिलाठीमा ३५ घर डुबानमा परे

राजविराज । खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि तिलाठी(कोइलाडी गाउँपालिका डुबानमा परेको छ। चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो।

बाढीले उक्त गाउँपालिकाको वडा नं। ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को.१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ।

मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ। खोलाको पानी गाउँमा पसेपछि बालीमा क्षति पुग्नुका साथै गाउँलेहरुको आवतजावत अवरुद्ध भएको छ।