राजनीति

निर्वाचन आयोगले दियो कडा निर्देशन

काठमाण्डौ । राजनीतिक दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसारमा निर्वाचन अंकित चिह्न कुनै पनि सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोला लगायतका सामग्रीको प्रयोग आचारसंहिता विपरित भएको भन्दै निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई सेचत गराएको हो ।

आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सुधीकुमार शाहको अध्यक्षतामा बसेको बैठकले यस्ता कार्यलाई रोक्न सरोकारवाला अधिकारीलाई निर्देशन समेत दिएको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आचारसंहिता विपरित प्रचार प्रसारमा टिसर्ट, टोपी लगायतका सामग्री प्रयोग गरेको पाइएकाले सचेत गराइएको बताए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ल अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने टोलीलाई त्यस्ता कार्य रोक्न निर्देशन पठाइएको प्रवक्ता शर्माले बताए ।