अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीका दुई सल्लाहकारले दिए राजीनामा

एजेन्सी । आम निर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन बिफल भएको सन्दर्भमा ब्रिटिश प्रधानमन्त्री टरिजा मेका दुईजना नजिकका सल्लाहकारहरुले राजीनामा दिएका छन्। निक टिमोथी र फियोना हिललाई बर्खास्त नगरे प्रधानमन्त्रीको नेतृत्वमाथि सोमबार चुनौति दिइने चेतावनी दिइएको थियो ।

टिमोथीले चुनावमा कन्जरभेटिभ पार्टीको नराम्रो चुनाव परिणाममा आफ्नो आफ्नो भूमिकाको जिम्मेवारी लिने बताए । अहिले आलोचना भइरहेको पार्टीको घोषणापत्रमा सामाजिक सेवा लागतको सीमा नतोकोमा आफुलाई पछुतो भएको उनले बताए।