राजनीति

निर्बाचन सार्ने प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा ठाडै अस्विकार, राजपाका नेताहरु धर्मसंकटमा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सिंहदरबारमा बसेको सत्तारुढ दल र राजपाबीचको बैठकमा राजपाले असार १४ मा राखेको निर्बाचनको मिति सार्न राखेको प्रस्ताव अस्विककृत भएको छ । सत्तारुढ दलहरुले निर्बाचन सार्ने कुरा कुनै हालतमा मान्य नहुने बताएका छन् ।
राजपासंग पटक पटक सहमती गरेर असार १४ मा निर्बाचन गर्न राखिएको मितिलाई राजपाले सार्न अनुरोध गरेको थियो । संबिधान संसोधन र जनसंख्याका आधारमा स्थानीय तहको बृद्धिको माग राखेर निर्बाचनमा भाग लिन आनाकानी गरिरहेको राजपाले सरकारलाई असार १४ गते निर्बाचनमा भाग लिन सक्ने अवस्था नआएकोले उक्त निर्बाचनको मिति सारेमा भाग लिनसक्ने बताएको थियो ।

राजपा गठन हुनुपुर्ब उक्त संघीय गठबन्धनका संयोजक रहेका उपेन्द्र यादबले छाता ओढेर भएपनि नेपाली जनता मतदान गर्न आतुर रहेको बताउदै कसैले रोकेर पनि दोस्रो चरणको निर्बाचन नरोकिने बताएका छन् भने राजपा पटक पटक सरकारलाई डर देखाईरहेको छ ।
यस अवस्थामा राजपालाई सरकारले भाउ दिएर पटक पटक वार्तामा बोलाउनु समय खेरफाल्ने निरर्थक प्रयास मात्र भएको बिश्लेशण गर्न थालिएको छ ।