अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प बयान दिन तयार

एजेन्सी । अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीसंग उनले गरेका कुराकानीबारे बयान दिन आफु शतप्रतिशत तयार भएको बताएका छन्।

रुससंग ट्रम्पको चुनावी अभियानको सांठगांठबारे को एफबीआइको अनुसन्धान रोक्न राष्ट्रपतिले आफुलाई भनेको भन्ने कोमीले सिनेट समक्ष दिएको बयान असत्य भएको ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसमा बोल्दै उनले कोमीसंग बफादारी खोजेको वा आफ्ना पूर्व सल्लाहकारमाथि छानविन रोक्न खोजेको भन्ने विवरण झुटा भएको बताए।

जेम्स कोमीले आफुले भन्दै आएका कतिपय कुरा पुष्टी गरिदिएको तर कतिपय पूर्ण असत्य कुरा बोलेको ट्रम्पले बताएका छन्।