पु.समाचार

कृष्णबहादुर महरालाई फेरि सरकारमा गएलगत्तै भारतले दियो यस्तो सल्लाह

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिएकी छन् । सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसि विश्वास र हितका आधारमा अगाडि बढ्ने धारणा राखेकी थिइन् ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, महराले स्वराजलाई धन्यवाद दिँदै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन लागिपर्ने बताएका थिए ।