राजनीति

निर्वाचन आयोगले दियो दलहरुलाई ३ दिनको अवसर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ ।

दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन शुक्रबार उक्त समयसिमा तोकेको हो ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पदाधिकारीको नाम थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।