राजनीति

काँग्रेस सुनसरीमा यस्ता छन् उम्मेदवारहरू, इटहरीमा प्रदर्शन

इटहरी । । नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मी उम्मेदवार भएकी छिन् भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई चयन गरिएको छ ।

दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ । रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए ।

बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुङ्गो लगाइएको छ ।

देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ । कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको सभापति कोइरालाले जानकारी दिए ।

काँग्रेसको चुनावी प्रचार कार्यक्रमअन्तर्गत घरदैलो अभियान भइरहेको छ ।

रोहित प्रसाईलाई पैसाको भरमा टिकट दिएको भन्दै पौडेल समर्थकदेवारा प्रदर्शन

अर्कोतिर इटहरीमा नगरसभापति हेमकर्ण पौडेललाई टिकट नदिएके भन्दै ब्यापक प्रदर्शन भईरहेको छ । हेमकर्ण निकट कार्यकर्ताहरुले पैसाको भरमा पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेलाई हराउन टिकट दिएको भन्दै बिरोध प्रदर्शन भईरहेको छ । बुधबारमात्र उद्योगवाणीज्य महासंघका केनद्रीय सदस्य समेत रहेका रोहित प्रसाईले आधिकारिक टिकट पाएपछि ईटहरी तनाबग्रस्त बनेको छ ।