राजनीति

रसुवामा वडा अध्यक्षले काम थाले

रसुवा । बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजयी भएका रसुवाका वडा अध्यक्षले काम शुरु गरेका छन् । नयाँ व्यवस्थाअनुसार जिल्लामा कायम गरिएको २७ वटा वाडमध्ये २२ वटा वडाको कार्यालय थापना गरी काम शुरु भएको हो ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पाँचवटा गाउँपालिका रहेको जिल्लामा अव पाँच वडाको मात्र कार्यलय स्थापना गर्न बाँकी रहेको छ ।

भुकम्पको कारण भत्किएको निजि घर निर्माण भईनसकेका कारण पार्वतीकुण्ड गाउँपालिकाम दुई, कालिका, नौकुण्ड र गोसाईकुण्डमा एउटा एउटा वडामा कार्यालय स्थापना गर्न समस्या आएको हो ।