आर्थिक

नक्कली नोट छाप्ने मल्ल पक्राउ

बुटवल । नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् । कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलले विहीबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्यो ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, सन्तोषबाट हजार दरका १ लाख नक्कली नोट र १ लाख सक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।