समाचार

तातो तेल श्रीमतीको अनुहारमा खनाएर पति फरार !

दोलखा । दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

दोलखास्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय्याबाट फोनमार्फत भनिन् ।

तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तँलाई आगो लगाउँछु भन्दै लखेटेपछि हारगुहार गरे, ३४ बर्षिया उर्मिलाले रुदै भिनिन् ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, घट्ना हुनेवित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षीय कुमार फरार भएको दोलखा प्रहरीका सुचना अधिकारी प्रेमसागर केसीले बताए ।