पु.समाचार

संगठित आपराधिक समुहले यसरी गर्दो रहेछ कल बाइपास !

काठमाडौं । प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ ।

अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले सात बर्षदेखि कारबाही गर्दै आएको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, नेपाली सीमाभित्र उपकरण राखेर कल बाइपास गराउँदा सहयोगी पक्राउको क्रम बढेपछि मुख्य सञ्चालकहरुले मुख्य केन्द्र नेपाल बाहिरै राख्ने गरेको खुलेको हो ।