पु.समाचार

मन्त्री गोपालमान श्रेष्ठका अघि आयो अब यस्तो चुनौती

काठमाडौं । शिक्षामन्त्रीको बागडोर सम्हाल्नुभएका उपप्रधान तथा मन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालय र मातहतका निकायको व्यवस्थापन गर्न दर्जनौं चुनौती देखिएका छन् ।

 ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएलगत्तै कक्षा १० सम्मको शिक्षा स्थानीय तहसम्म लैजाने सरकारको निर्णयपछि शिक्षामा थप चुनौती देखिएको छ ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, शिक्षकलाई कसरी व्यवस्थापन गर्ने, तलब सुविधाको बाँडफाँटको तरिकालाई कसरी विकास गर्ने र १ देखि १० कक्षासम्मको शिक्षालाई स्थानीय तहमा कसरी हस्तान्तरण गर्ने भन्ने विषय मुख्य चुनौती देखिएको छ ।