समाचार

किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

गाईघाट । राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ ।

मगरलाई किशोरी बलात्कार गरेको आरोपमा बिहिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए । प्रहरीमा आज बिहानै खबर आएपछि मगरलाई खोजी गरेर पक्राउ गरिएको इप्रकाका प्रमुख सुबास राईले बताए। पीडित युवतीलाई उपचारका लागि बिपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ । रासस