राजनीति

देउवा सरकारमा सामेल हुने संकेत गर्दै यादबले भने, महन्थ र राजेन्द्रले चाहँदैमा निर्बाचन बिथोलिदैन

काठमाडौँ । सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन कुनै हालतमा सम्पन्न हुने हुंदा राजपालाई पनि उक्त निर्बाचनमा भाग लिन आग्रह गरेका छन् ।

अब मधेशी जनता छाता ओढेर पनि निर्बाचनमा भाग लिन आतुर भएको हुंदा बरु मिलेर निर्बाचनमा भाग लिए निर्बाचन जित्न सकिने हुंदा उक्त निर्बाचनमा भाग लिनु बुद्धिमानि हुने बताएका छन् । अध्यक्ष यादबले मधेशी जनतामा निर्बाचन हुने भएपछि ब्यापक उत्साह भएको दाबी गर्दै निर्बाचनमा भाग नलिनु एक पुष्ताका लागी जुनसुर्क दलपनि बढारिनु भएको दावी गरेका छन् ।
पहिलो चरणको निर्बाचनमा नयाँशक्ती नेपालसंग तालमेल गरेर निर्बाचनमा भाग लिएको संघीय समाजबादी फोरमले दोस्रो चरणको निर्बाचनका लागी ब्यापक प्रचारप्रसार अपभयान चलाएको छ ।

आफूहरु मधेशका मुद्धाका सवालमा जिममेवार भई संबिधान संसोधनका लागी लागेकाले निर्णय नभएपनि आवश्यक परे सरकारमा सहभागी हुने संकेत समेत गरेका छन् ।

नेता यादब काठमाण्डौमा आयोजीत कार्यक्रममा राजपाका नेताहरु निर्बाचनमा नगएके प्रति आक्रमक शैलीमा प्रश्तुत भएका थिए । पहिलो चरणको स्थानीय तहको पिनर्बाचन हुनु केहि अगाडी निर्बाचमा भाग नलिने बताउने संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादब डा. बाबुरामको नयाँशक्तीसंग तालमेल गरेर निर्बाचनमा भाग लिने भएपछि एक्लीएका छन् । महन्थ ठाकुरले आफू संयोजक भएर राजपा गठन गरेका छन्, यसका सारथी महेन्द्र यादब, राजेन्द्र महतो, शरद सिंह भण्डारी, राजकिशोर यादब छन् ।