अन्तर्राष्ट्रिय

संसद भवनमा आक्रमण भएलगत्तै इरानले लगायो यस्तो आरोप

एजेन्सी । इरानले उसको राष्ट्रिय संसद तथा आयातोल्लाह खोमेनीको समाधिस्थलमा बुधबार गरिएका आक्रमणको दोष साउदी अरेबिया र अमेरिकालाई लगाएको छ। विद्रोही समूह इस्लामिक स्टेट आइएसले जिम्मा लिएको उक्त हमलाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ।

इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्स सेनाले ती हमलाका पछाडी साउदी अरेबिया तथा अमेरिकाको हात रहेको आरोप लगाएको छ।
इरानका अनुसार राजधानी तेहरानमा भएका हमलाका आक्रमणकारी आइएसमा सामेल भएका इरानीहरु हुन्।

आत्मघाती हमलाकारीहरु सबै मारिएका थिए। तेस्रो आक्रमणको योजना गरिरहेका विश्वास गरिएका पाँच जना पक्राउ परेका छन्।