राजनीति

प्रधानमन्त्री देउवा, तीन उपप्रधानमन्त्री सहित ८ मन्त्रीद्वारा राष्ट्रपति बिद्यादेवी भण्डारीसंग सपथ

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई  तीन उप-प्रधानमन्त्रीसहित ८ जना मन्त्रीहरु राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचितभएक देउवाका साथसाथै काँग्रेसबाट उपप्रधान तथा तथा शिक्षा मन्त्रीमा गोपालमान श्रेष्ठ, अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, श्रम मन्त्रीमाम फमुलला मन्सुर परेका छन् भने माओबादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीमा कृष्ण बहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा परेका छन् । प्रमु शाहले मन्त्रीमा सपथ खाएपनि कुन मनत्रालय दिने टुंगो लागेको छैन ।  उपप्रधान एबम् स्थानीय बिकास मन्त्रीमा विजय कुमार गच्छेदार पुनः दोहोरिएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित थिए ।

शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवासहित तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिएका थिए ।

यस्तै, राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सपथ भन्दा पछाडी तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिईन् । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारीमा सपथ ख्वाएका छन्।

नेपालको संबिधान २०७३ अनुसार सपथ खाएका थिए ।