खेलकुद

संसारकै महंगो खेलाडी क्रिस्ट्यानो रोनाल्डोको यसरी भए सफल

काठमाण्डौ । रोनाल्डोको जन्म (५ फेब्ररी १९८५) माडैरा, पोर्चुगलमा भएको थियो । उनको जन्म एक गरिब सन्तानको कोखबाट भएको थियो । उनको बुबा मालीको रुपमा काम गर्थे भने आमा अरुको घरमा खाना पकाएर कमाउने गर्थिन् ।

आर्थिक रुपमा बिपन्न परिवारमा जन्मेका रोनाल्डो सन्तानमा सबै भन्दा कान्छा थिए । उनको एक जना दाइ र दुइ दिदीहरु थिए । उनि सानै देखि फुटबलमा रुची राख्दथे र १४ बर्षकै उमेरमा उनले फुटबललाई आफ्नो पेशा बनाउने निर्णय गरे । उनले ८ बर्षकै उमेर देखि फुटबल खेल्न सुरु गरेका थिए र स्कुलको गृहकार्य गर्नु पर्छ भनेर उनि भाग्ने गर्दथे ।

उनको जिस्काउने नाम रुन्चे बालक थियो किनभने उनि साह्रै रिसाउदथे जब उनले पास गरेको बललाई साथीले गोल गर्दैन थिए । १५ बर्षको उमेरमा रोनाल्डोलाई मुटुको रोगले च्यापेको थियो र डक्टरको सल्लाह अनुसार उनले कुनै पनि भागदौडको कार्यमा भाग लिन नहुने थियो । उनको स्वास्थ्य स्थिती नाजुक अबस्थामा थियो तर जसोतसो, उनलाइ सर्जरी गरेर बचाइयो र फेरी आफ्नो तालिम प्रति उनी केन्द्रीत भए । १७ बर्षको उमेरमा, रोनाल्डोले पहिलो ब्यबसाहिक खेल पोर्चुगुइस सुपर लिगको लागी खेलेका थिए ।

यसै गरी २००३ मा, म्यानचेस्टर युनाइटेडले पहिलो पटक कुनै जबान खेलाडीको लागी हस्ताक्षर रकमको रुपमा १५ मिलियन पाउन्ड्स तिरेर आफ्नो क्लबमा ल्याएको थियो । त्यस पछि ११ जुन २००९ मा रोनाल्डोलाइ सँसारकै धनी क्लब भनेर चिनिने रियल म्याड्रिडले ८० मिलियन पाउन्ड्स तिरेर किन्यो र उनि सँसारकै सबै भन्दा महँगो खेलाडी बने ।

रोनाल्डोसँग अरु खेलाडीहरु भन्दा धेरै माथी उफ्रन सक्ने उत्कृष्ट क्षमता छ । यस कारणले उनी गोल गर्नमा माहिर छन् । उनको फ्रि किक् स्पिड् १३.१ किमी प्रति घण्टा छ ।

जुन २०१० मा रोनाल्डो यस्तो चौथो खेलाडी बन्न पुगे जसको सालिक लन्डनको मडामी टुसाउड्स भन्ने म्युजियममा बन्न पुग्यो । रोनाल्डो लगातार ब्लड डोनेट गर्दछन् र यसै कारण उनी धुम्रपान गर्दैनन् र आफ्नो शरीरमा ट्याटु समेत खोपेका छैनन् । उनले फिफा प्ल्यर अफ द यर अबार्ड, बेलुन डि अर, दि गोल्डेन बुट, आदी हासील गरेका छन् ।

उनी अहिले धेरै धनी र नामी भएता पनि समाजसेवामा च्यारिटी, फन्ड, डोनेसन्, जस्ता सामाजिक सहयोगको कार्यहरुमा सहभागिता छन् । क्रिस्ट्यानो रोनाल्डो सँसारकै सबै भन्दा बढी फ्यान भएको सेलिब्रिटीमा पनि पर्दछन् । रोनाल्डो बिश्वका मानिसहरुका लागी सफलता हाँशिल गर्न प्रेरणाका स्रोत बन्न सक्छन् ।