विचार/ब्लग

१३ बुंदामा हिनताबोध हुंदैन प्रचण्डलाई? सुधार्ने भए राजनेता हुन्छन् !

मंगलबारको संसद बैठकमा निबर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको भाषणलाई नजिकबाट नियालिरहनुभएका एक बिद्वानले १३ वटा राष्ट्रियता सम्बन्धी केही कुराहरु राख्नुभएको  नवनिर्बाचित प्रधानमन्त्री शेरबहादुर देउवा, निबर्तमान प्रधानमन्त्री दाहाल,  पूर्व राजा ज्ञानेन्द्र र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माओली लगायतलाई प्रधान बनाएर राख्नुभएको बिद्वान केशव प्रसाद भट्टराईका तर्कहरु ।  संसदमा बोल्दा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नव निर्वाचित हुँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अब प्रधानमन्त्री हुँदा ज्ञानेन्द्रबाट ह्युमिलिएट हुन नपर्ने आश्वासन दिनु भयो ।

प्रधानमन्त्रीको दोस्रो कार्यकालमा प्रचण्डलाई सफल मान्नु पर्दछ !

तर ज्ञानेन्द्रबाट ह्युमिलिएट हुन नपर्ने कुरा गरिरहँदा प्रचण्ड समक्ष केही प्रश्न उठ्छन…….

१. प्रचण्ड र बाबुरामले संयुक्तरूपमा भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्र समक्ष नेपालबाट राजसंस्था अन्त्य गर्न भारतीय सहयोग प्राप्त भए उनी नेपालमा भारतीय हितप्रति प्रतिवद्ध रहने कवोल गर्दा,

२. राजा हटाउँदा मौन रहने नेपाली सेना आफ्नो सेना प्रमुखको तीन महिनाको जागिरकोलागि निर्वाचित सरकार विरुद्ध उभिँदा वाध्यभएर राजिनामा दिने अवस्था आउँदा,

३. वाह्य दवावमै आफ्नै दलको निर्वाचित प्रधानमन्त्रीलाई हटाएर गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नु पर्दा,

४. संविधान घोषणा हुने दिन निश्चित भैसकेपछि भारतीय विदेश सचिव एस जयशंकर आएर क्रुद्ध अनुहार र हेर्दै अपमानवोधक बडील्याङ्ग्वेज प्रदर्शन गर्दै संविधान जारी नगर्न चेतावनी दिँदा !

५. त्यस पछि नाकावन्दी लगायतका स्थिति सामना गर्दा,

६. ९० प्रतिशत सांसदको सहमतिबाट जारी भएको संविधानलाई कुनै वाह्य शक्तिको बलमा र नेपाली जनताले मधेश मै पराजित शक्तिहरूले बारम्बार अपमानित गर्दा,

७. तिनै व्यक्तिहरूबाट बारम्बार व्यक्तिगतरूपमा पनि धाक(धम्की र अपमान युक्त भाषा सुन्न पर्दा,
कुनै ह्युमिलिएसन अनुभव भएन प्रचण्ड लाई ?
…..
८. गएको चुनावमा एमाले पहिलो शक्तिको रूपमा आउनु त्यो राष्ट्रिय अपमानका विरुद्धको उसको राजनीतिक अडान हो भन्ने बुझ्नु भएन रु
त्यसै कारण ओली विरुद्ध राष्ट्रिय समान र मर्यादाको प्रतीक बनेका बुझिएन ?

९. सवाल हिमाल, पहाड र मधेशको थिएन – प्रचण्डसमेतलाई समेत हतियार बनाएर नेपाल विरुद्ध नेपाली राजनीतिमा भित्र्याइएको फूट र विभाजनको रणनीति हो भन्ने बुझ्न नसकुन्जेल यो देशको समस्याको समाधान गर्न सकिन्न !
तुलनात्मकरुपमा एमाले यहाँ पनि ठिक देखिएको छ !

१०. प्रतिपक्षको भूमिकालाई सानातिना कुराहरूमा घालमेल गरेर ओभर रियाक्टिभ नहुने हो भने नेपाली जनताले एमालेलाई भोली पनि बढी नै माया गर्ने अवस्था देखिन्छ ।

११. शेरबहादुर देउवालाई लैनका हाकिम र कारिन्दाबाट अनि एस जयशङ्करहरूबाट पनि कुनै ह्युमिलिएसन हुन नदिने आश्वासन दिन सक्नुहुन्छ प्रचन्डले आफूले ल्याएको गणतन्त्र अन्तर्गत ?

१२. हरेक ९ -१० महिनामा प्रधानमन्त्री फेरिने अवस्थाले किन कुनै अपमान वोध हुँदैन प्रचण्डलाई ?

१३. समस्याको चुरोमा प्रवेश गर्ने हिम्मत गर्नुहोस प्रचण्डजी १ यतिखेर दोस्रो कार्यकालको तपाइँको राजनीतिक पूँजीले तपाइँलाई साथ दिएको छ !
यसलाई सदुपयोग गर्न सक्नु भयो भने राजनेताको अवशर छ!