राजनीति

सदनमा सभापति देउवा भद्र, ओली आक्रोशीत, प्रधानमन्त्री दाहाल रक्षात्मक, के के भने त ? ( बिस्तृतमा )

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभ्य भाषामा प्रमुख प्रतिपक्षीत दलका नेता केपी शर्मा ओलीले लगाएको आरोपको खडन गरेका छन् उनले आफूहरुलाई पार्टीको सिद्धान्तको बारेमा पाठ पढाउन आवश्यक नरहेको जनाउदै आगामी दिनमा सबैसंग मिलेर काम गर्ने बताए । यस्तै प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादु देउवाले के के भने त ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा

काँग्रेसका तीन वटा महत्वपूर्ण सिद्धान्त छन्द । ती राष्ट्रियता, प्रजातन्त्र र समाजबाद हुन् । यसमा हामीलाई कसैले सिकाउनुनपर्ने बिचार ब्यक्त गरेका छन् । वीपी कोईरालाको सिद्धान्त, गणेशमानसिंह, गिरिजा प्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, शुवर्ण शम्शेरले बनाएको हो ।

प्रजातन्त्रसंग हामी कसैसंग सम्झौता गर्न सक्दैनौ । राष्ट्रियता काँग्रेसको आदर्श भएको बताएका छन् । काँग्रेसले सिद्धान्तहरु अक्षरसः पालना गरेर जाने बताएका छन् ।

ज्यादै भद्र शैलीमा नेकपा एमाले अध्यक्षपछि संसदमा बोल्दै अब बाँकी रहेका तीनवटा निर्बाचन ज्यादै महत्वपूर्ण भएको जिकिर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले अप्ठ्यारो अवस्थामा समेत शान्तिपूर्ण रुपमा पहिलो चरणको निर्बाचन सम्पन्न गरेको मा बाँकी रहेको कामहरु आफूले प्रधानमनीको रुपमा सम्पन्न गर्ने दृढता ब्यक्त गर्दै छोटो अभिब्यत्री प्रकट गरेका छन् ।

दुईतिहाई भन्दा बढी मतबाट प्रधानमनत्री बन्न लागेका काँग्रेस सभापति देउवाले भरतपुरको मतगणनामा प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीले राखेको प्रश्नको जवाफ दिदै सबैकुरा आफूहरुले बनाएको निर्बाचन आयोग र अदालतले टुंगो लगाउने हुंदा अदालतको आदेश आफूहरु आफूलाई मान्य हुने हुदा यसबिषयमा बढी बोल्न आवश्यक नभएको बताए ।

माओबादी केन्द्रकबा अध्यक्ष पुष्पकमल दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले काँग्रेससंगको बिगतको सहमती अनुसार राजीनामा दिएको बताएक्ब छन् । संसदमा आफूलाई कुनैपनि प्रकारको काँग्रेस र शेरबहादुर देउवाले दबाब नदिएको र दोस्रो चरणको निर्बाचन असार १४ गते कुनैपनि हालतमा गर्ने भन्ने कुरामा भएको सहमती कार्यान्वयन होसभन्ने बताएका छन् ।

भरतपुरमा भएको मतगणनाको बिषयलाई लिएर गरेको सदन अबरोधले एमालेलाई हानी गरेको बताउदै, प्रधानमन्त्री निर्बाचनको निर्बाचन अनावश्यक ढिला भएको बताउदै भरतपुर माहानगरपालिकामा मत पत्र च्यात्ने घटना दुःखद भएको भनेपनि निर्बाचन आयेगलाई बोलाएर कानुन अनुसार जे गर्न मिल्छ त्यही गर्नुस भनेको थिए ।

‘दोस्रो संबिधानसभा निर्बाचनमा अनपेक्षीत संबिधानसभा निर्बाचन परिणाम आएपछि हाम्रा केही अहिले पार्टी छाडेका मित्रहरुले मतपत्र जलाउ भन्ने आदेस दिदा पनि मैले राती दुई बजे पार्टीको प्रमुखको हैशियतले मतपत्र च्यात्ने र जलाउने भन्दा बरु छाड्दिउ बिरोधको रुपमा मतपत्र च्यात्नु हुंदैन भन्ने म नै एउटा इमान्दार ब्यक्ती हुं ।’ प्रधानमन्त्री दाहालले भने

प्रतिपक्षी दलका नेता ओलीलाई ईकित गर्दै भरतपुरको एउटा वडाको घटनालाई जोडेर पुष्पकमल दाहालले लोकतन्त्रलाई मोन भन्ने आरोप लगाउनु गलत हुन्छ । कुनै एउटा घटनालाई जोडेर आफ्नी छोरीलाई जिते पनि जितेउ हारेपनि जितेउ अब राष्ट्रिय रुपमा तिम्रो एक प्रकारको छबि बन्यो भन्ने कुरा गरेको थिए ।

आफूले पहिलेदखि नै पटक पटक निर्बाच हुनुपर्छ कसले जित्छ र कसले हार्छ भन्ने कुरा फरक कुरा हो भन्ने गरेको छु, यो कुरा मेरो बनावटी होईन, प्रतिपक्षी दलका नेताले लगाएको आरो गलत छ, प्रतिपक्षी दलका नेतालाई राजनीतिक रुपमा प्रश्तुत हुन आग्रह गर्दै २८३ वटा ईकाईको भन्दा भरतपुरको निर्बाचनमा केन्द्रीत निर्बाचन हुन्छ भन्ने आफूलाई बिश्वास लागेको बताएका छन् । त्यहा अदालत, निर्बाचन आयोग, जनता र अन्तर्राष्ट्रिय क्षेत्रको आँखा गएकाले त्यँहा पारदर्शी निर्बाचन हुनेमा शंक नभएके बताएका थिए ।

निर्बाचन सार्ने कुरा प्रतिपक्षी दललाई जानकारी दिईएन भन्ने कुरा गलत भएको बताएका छन् । अन्तिम समयमा पनि सत्ता पक्ष, प्रतिपक्षी दलहरु र मधेशबादी दलहरुबीच छलफल गरेर सबैलाई निर्बाचनमा ल्याउन पहल गरिरहेको छ, वहाँहरु निर्बाचनमा जानुहुन्छ र प्रतिपक्षी दलहरुले पनि त्यो भूमिकबा खेल्नुहुन्छ भन्ने आफूलाई लागेको बताएका छन् ।

आम जनताले प्रचण्ड बसे हुन्थ्यो भन्दापनि आफ्नो ईमान्दारीताका लागी आफूले राजीनामा दिएको बताउदै सबै मिलेमा राष्ट्र समृद्ध हुने अनुभब आफू १० महिना प्रधानमन्त्री हुंदा भएको, र नयाा नेपाल हाम्रो आफ्नै समयमा सम्भब भएको बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले पहिलो चरणमा भएको निर्बाचनमा धाँधली गरेको, मतगणना केन्द्र कब्जा गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निर्बाचनका लागी प्रहरीले १७ गते हेटौंडा उच्च अदालतमा हालिएको मुद्धाको बिषयमा कुरा उठाउदै प्रमुख निर्बाचन आयुक्त सुनियोजित षढ्यन्त्रमा फसेको बताएका छन् । निर्बाचनको मतगणना गर्दा मतपत्र कब्जा नभई च्यातेको हुंदा कानुन बमोजीम काम नभएको बताएका छन् ।

मूख्य निर्बाच अधिकृतले भरतपुर मतगणनालाई गलत मोडमा लान खोजेको बताएका छन् । उनले ५१ को को ग् अनुसार च्यातिएका मतपत्रलाई हटाई बाँकी मतपत्र गन्ने ब्यबस्था अनुसार गर्नुपर्नेमा त्यो भएन । यसमा उनले श्रीलंका र भारतको खेलको तुक्का जोडेर बुझाउन खोजेका थिए ।

कुनै समाचारमा सभामुख ओनसरी घर्तीले ‘केपी ओलीको झाँको झारिन’ भन्ने मिडीयाले लेखेको बिषयमा आएके समाचारको बिषयमा सभामुखको ध्यानाकर्षण गरेका छन् । ती भरतपुरमा च्यातीएक मतहरु सबै एमालेका भएको दाबी गर्दै, ती च्यातिएका मतपत्र रद्द गरी मतपत्र गन्नुपर्ने दोहोर्याएका छन् ।

मतपत्रको रक्षा गर्ने काम सरकार, निर्बाचन आयोगको भएको र माओबादीले जनमतप्रति अपमान र अस्विकार गरेको बताएका छन् ।

पुनः मतदान गर्ने कार्यमा लागे लोकतन्त्र खतरामा पर्ने दाबी गरे । मतपत्र च्यात्नेलाई उमेर्द्वारी खारेज गर्नेसम्मका कानुनहरु बनाउनुपर्ने धारणा ब्याक्त गरेका छन् । ओलीले हुनलागेका पधानमन्त्री शेरबहादुर देउवासंग यसको जवाफ दिएका छन् । नेपाली काँग्रेस मतपत्र च्यातेको बिषयमा केहि नबोलेको बिषयमा असन्तुष्टी प्रकट गरेका छन् ।

माओबादी केन्द्रका अध्यक्षलाई सोध्दा पनि उनले उत्तर नदिएको बरु कानुन बमोजीम गर्नु भन्ने उत्तर दिएको, त्यसका लागी दण्डीत र पुरस्कार दिने नगरेको बरु मतपत्र च्यात्नेलाई खादा लगाएर पुरस्कृत गर्ने कार्य गरेको बताए ।

प्रधानन्यायाधीशलाई माहाअभियोग लगाउने, प्रहरी आईजीपीमा अनावश्यक राजनीतिकरण गर्ने , राज्यका संबैधानिक आयोगहरुलाई स्वतन्त्र दिने कि नदिने भन्दै निर्बाचन आयोगले उपर्युक्त फैसला दिननसकेको बताए । प्रधानमन्त्रीको निर्बाचन गर्नुपर्ने अतिआवश्यक भएको र सम्मानित सर्बोच्च अदालतमा केश गएकाले हामीले संसदको गरिबिधिलाई सहयोग गरेको बताएका छन् ।

लोकमानसिंह कार्कीलाई हटाउन माहाअभियोग बाहेक अरु बाटा थिएनन्, नेपाली काँग्रेसले लोकमालाई हटाउने कुरामा स्पष्ट धारणा राख्न सकेन तर प्रधानन्यायाधीशलाई माहाअभियोग लगाउने गैरसंबैधानिक कार्य गर्नु गलत गरेको बताए ।

एमालेलाई मधेशबिरोधी भनेर लगाईएको आरोप गलत भएको र एमाले राष्ट्रिय पार्टी भएको बुझ्न आग्रह गरे । यो मधेश पाहाड सबै ठाँउको पार्टी हो ।

काँग्रेसले जनताका लागी काम गर्न नसकेर महन्थ ठाकुर, जेपी गुप्ता, शरद सिँह भण्डारी लगायतकाले पार्टी छाडेको बताउदै एमालेबाट पनि मधेशसंगको सम्झौता नमानेको आरोपमा पर्टी छाडेको स्वीकार गरेका छन् । ०५५ साल कार्तिक २७ गते काँग्रेसका नेता अर्जुननरसिंह केसीले, ०६४ साल भदौ १३ गते नेपाल सरकारको तर्फबाट रामचन्द्र पौडेलले उपेन्द्र यादबसंग, ०६४ साल फाल्गुण १६ गते गिरिजाप्रसाद कोईरालाले सम्झौत गरेको थियो भनेका छन् । सम्झौताहरु एमालेले नगरेको र गरेका सम्झौताहरु पालना गर्ने बिचार राखेका छन् । प्रायः सम्झौताहरु सबै काँग्रेसलै नै गरेको र सम्झौता पालना समेत काँग्रेसले नै नगरेको आरोप लगाएका छन् ।

५१४ वटा पदक बाँढ्दा काँग्रेस र माओबादीले मधेशका भागमा ५४ वटा मात्र दिएको थियो । त्यो ५४ वटा पनि चारो फ्ंयाकेजस्तो साधारणमात्र दिएको आरोप लगाउदै मधेशीको समर्थन जुटाउने प्रयास गरेका छन् ।
नेकपा एमलेका अध्यक्ष ओलीले संसदमा बोल्दै उक्त कुराहरु बताएका हुन् ।