राजनीति

काँग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजबादको बारेमा कसैले पढाउन जरुरी छैन : शेरबहादुर देउवा

काठमाण्डौ । काँग्रेसका तीन वटा महत्वपूर्ण सिद्धान्त छन्द । ती राष्ट्रियता, प्रजातन्त्र र समाजबाद हुन् । यसमा हामीलाई कसैले सिकाउनुनपर्ने बिचार ब्यक्त गरेका छन् । वीपी कोईरालाको सिद्धान्त, गणेशमानसिंह, गिरिजा प्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, शुवर्ण शम्शेरले बनाएको हो ।

प्रजातन्त्रसंग हामी कसैसंग सम्झौता गर्न सक्दैनौ । राष्ट्रियता काँग्रेसको आदर्श भएको बताएका छन् । काँग्रेसले सिद्धान्तहरु अक्षरसः पालना गरेर जाने बताएका छन् ।

ज्यादै भद्र शैलीमा नेकपा एमाले अध्यक्षपछि संसदमा बोल्दै अब बाँकी रहेका तीनवटा निर्बाचन ज्यादै महत्वपूर्ण भएको जिकिर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले अप्ठ्यारो अवस्थामा समेत शान्तिपूर्ण रुपमा पहिलो चरणको निर्बाचन सम्पन्न गरेको मा बाँकी रहेको कामहरु आफूले प्रधानमनीको रुपमा सम्पन्न गर्ने दृढता ब्यक्त गर्दै छोटो अभिब्यत्री प्रकट गरेका छन् ।

दुईतिहाई भन्दा बढी मतबाट प्रधानमनत्री बन्न लागेका काँग्रेस सभापति देउवाले भरतपुरको मतगणनामा प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीले राखेको प्रश्नको जवाफ दिदै सबैकुरा आफूहरुले बनाएको निर्बाचन आयोग र अदालतले टुंगो लगाउने हुंदा अदालतको आदेश आफूहरु आफूलाई मान्य हुने हुदा यसबिषयमा बढी बोल्न आवश्यक नभएको बताए ।