राजनीति

उपेन्द्र यादबको पार्टीले निर्बाचनमा भाग नलिने शक्तीलाई यसरी हान्यो झटारो

काठमाण्डौ । दोस्रो चरणको निर्बाचन आउन ३ हप्ता बाँकी हुंदा सम्म भाग लिने निश्चित गर्न नसकेको राष्ट्रिय जनता पार्टीलाई झड्का लाग्नेगरी संघीय समाजबादीका एक नेताले आफूहरु उक्त निर्बाचनमा पहिलो हुने दाबी गरेका छन् ।

युवा नेता अभिशेक प्रताप शाहले आफ्नो फेसबुक अकाउण्टमा संघीय समाजवादी फ़ोरम नेपालको स्थानीय निकायको चुनावमा सब भंदा बढ़ी सीट आऊदैछ। भन्ने लेखेका छन् । पहिलो संबिधानसभा निर्बाचनमा सबैभन्दा काँनछा उमेरका निर्बाचित सांसद भनेर चिनिएका शाह उपेन्द्र यादबसंग मधेश आन्दोलसंगै उक्त पार्टीमा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ती हुन् ।

पछि एमालेबाट छुट्एिर गएर पार्टी खोलेका अशोक राईसंग मिलेका उपेन्द्र यादबले संघीय समाजबादी नामको पार्टी खेलेर राजनीतिमा सकृय भएपनि पहिलो चरणको स्थानीय तहको निर्बाचनमा बाबुराम भट्टराईको नयाँशक्तीसंग लालमेल गरेर निर्बाचन लडेका थिए । दोस्रो चरणको निर्बाचनमा समेत यी नेताहरुकबो तालमेल हुने बताईएको छ ।
अभिशेक प्रसाद शाहले भनेजस्तो सबैभन्दा बढी सीट संघीय समाजबादी पार्टीको होस नहोस तर निर्बाचनमा भाग लिन नचाहने मधेशबादी शक्तीहरुलाई यो भनाईले राजनीतिक झटारो हान्ने बिश्लेशण एक मधेशबादी नेताले सुर्यखबरलाई बताए ।

उनका अनुसार पहिलो र दोस्रो हुने भन्दा पनि उपेन्द्र यादबको पार्टीले इज्जतदार स्थान भने ल्याउने छ ।