समाचार

फेसबुकमा अब झुक्किनुहोला है, नेपालीहरुका लागि आयो यस्तो नकारात्मक खबर !

काठमाण्डौ । पछिल्लो समयमा नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्ने सर्वसाधारणहरुको जमात ह्वात्तै बढेको छ । केही वर्षअघिसम्म सामान्य सुचना प्राप्तिका लागि मिडियाको भर पर्नुपर्ने नेपाली समाज अहिले सामाजिक सञ्जालको भरमा सेकेन्डभरमै सुचनाको पहुँचमा पुगेको छ । कतै घटना घटेको केही मिनेटमै सुचना भाइरल भैहाल्छ । यो एउटा सकारात्मक संकेत भएतापनि सामाजिक सञ्जालले अर्को नकारात्मक विकृति पनि समाजमा भित्र्याइरहेको देखिन्छ । सामाजिक सञ्जालहरु फेसबुक,ट्वीटर,भाइबर लगायतका सुचना सञ्जालहरुलाई दुरुपयोग गर्नेहरुको जमात ह्वात्तै बढेको देखिन्छ ।

सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नेदेखि दोहोरो धन्दा समेत सञ्चालन भइरहेका खबरहरु बाहिर आइरहेका आइरहेका छन् । सुन तस्करदेखि स्थापित व्यक्तित्वहरुको नाममा फेक आइडी खोलेर उनीहरुको नाममा फाइदा लिनेहरुको जमात समेत सामाजिक सञ्जालमा देखिन थालेको छ । यसले मुलुकको सुरक्षा चूनौतीलाई समेत ह्वात्तै बढाइदिएको प्रहरीको भनाई छ । सामाजिक सञ्जालको दूरुपयोग यतिसम्म भएको देखिन्छकि केन्द्रीय तहका नेताहरुदेखि प्रहरी अफिसरहरुको नाममा समेत फेक आइडीहरु खुलेका देखिन्छन् । राजनीतिक दलका नेताहरु प्रचण्ड,शेरबहादुर देउवा, केपी ओली,बाबुराम भट्टराई लगायतका नेताहरुका नाममा दर्जनौ फेक आइडीहरु खोलेर सामाजिक सञ्जालको दूरुपयोग गरेको देखिन्छ ।

पछिल्लो समयमा यो धन्दामा केही साना अनलाईन मिडियाहरु समेत लागेको पाइएको छ । उनीहरुले लोकप्रिय नेताहरुको नाममा पेज बनाई लाइक बढाउने काम गरेको पाइन्छ । नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईको नाममा मात्र ३ दर्जनभन्दा बढी फेक आइडीहरु खुलेको देखिन्छ । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,कांग्रेसका युवा नेता गगन थापा,माओवादी नेता जनार्दन शर्मा,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ,प्रहरी अफिसरहरु रमेश खरेल,नवराज सिलवाल,सर्वेन्द्र खनाल, चलचित्रका नायक–नायिका राजेश हमाल, रेखा थापा, करिश्मा मानान्धर, केकी अधिकारी लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको नाममा दर्जनौ फेक आइडीहरु खोल्ने जमात सक्रिय देखिएको छ, जसले सामाजिक सञ्जालमाथिको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालको दूरुपयोग किन यसरी ह्वात्तै बढ्यो त ? यसमा सबैभन्दा बढी दोष कसको छ ? यी प्रश्नहरुमा समेत सरकारले निकै सचेतना अप्नाउनुपर्ने सरोकारवाला पक्षहरुले बताउन थालेका छन् ।

यसकारण बढिरहेको छ सामाजिक सञ्जालको दूरुपयोग !
सामाजिक विकासको रफ्तारमा सुचनाको विकासलाई विशेष महत्व दिने गरिन्छ । नेपालमा फेसबुक,भाइबर,ट्वीटर लगायतको प्रयोग गर्ने जमात बढेको धेरै भएको छैन । यसको दूरुपयोग बढेपछि दक्षिण एसियाकै केही मुलुकहरुमा भने यसमाथि प्रतिबन्धनै लगाइएको छ । पाकिस्तान, चीन लगायतका मुलुकहरुमा अहिले पनि फेसबुक सञ्चालनमा निकै कडा निगरानी गरिन्छ । तर नेपालमा भने यसको प्रयोगसँगै दूरुपयोग पनि बढिरहेको छ ।

नेपालमा सुचनाको पहुँचमा नागरिकहरुको अधिकार सुनिश्चित गर्ने नाममा निकै धेरै उदारीकरणको नीति अप्नाइएको छ । युवा–युवतीहरुले यसको प्रयोग अत्याधिक मात्रामा गरिरहेका छन् । विशेषगरी किशोराअवस्थादेखि मध्यम उमेरका व्यक्तिहरुले यसको प्रयोग गर्ने गरेका छन् । युवा–युवतीहरुले यसको माध्यामबाट आन्तारिकदेखि बाहिरी सम्बन्धलाई समेत बढाउने गरेका छन् । जसका कारण अपरिपक्व सम्न्धका कारण निकै ठूलो समस्या समेत आउने गरेको प्रहरी रिपोर्टले देखाउँछ । निकै टाढा रहेका मुलुकका केटाकेटीहरु समेत अवैध रुपमा प्रेमसम्बन्धमा गाँसिने र पछि निकै दुःख पाएका घटनाहरु समेत प्रसस्तै पाइन्छ ।

त्यतिमात्रै होइन, पछिल्लो समयमा सामाजिक सञ्जाललाई तस्करहरुले समेत कमाउ धन्दाको रुपमा दूरुपयोग गरिरहेका छन् । विदेशमा बसेर सामाजिक सञ्जाललाई उपयोग गर्दै तस्करी गरेका घटनाहरु फेला परेको प्रहरीले बताउँदै आएको छ । यसर्थ, पछिल्लो समयमा राजनीतिक,आर्थिक,सामाजिक, शैक्षिक,सांस्कृतिक लगायतका सबै क्षेत्रमा सामाजिक सञ्जालले अड्डा जमाउन सुरु गरेको सरोकारवालाहरु बताउन थालेका छन् । यसको व्यवस्थापनमा सरकारले बेलैमा ध्यान पुर्याउन नसके विविध किसिमका समस्याहरु निम्तिन सक्ने उनीहरुको दाबी छ ।