राजनीति

यी हुन् देउवाले आफ्नो सरकारमा व्यवस्थापन गर्नैपर्ने कांग्रेसका ३ दर्जन नेता !

काठमाण्डौ । मंगबार कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुँदैछन् । लगातार संसद अवरोध गर्दै आइरहेको एमालेले संसद अवरोध नगर्ने सहमति जनाएपछि देउवा प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएको हो । सभापति देउवाले करिब दुई तिहाई मत पाउने देखिएको छ । यसबाट के पुष्टि हुन्छ भने देउवा प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दल एमाले र केही साना दलहरुबाहेक प्राय सबैको समर्थन प्राप्त गरेका छन् । माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनता पार्टी लगायतका मधेसी दलहरुको समर्थनमा उनी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

देउवाले बाहिरी रुपमा प्राय सबै दलहरुलाई समेट्न सफल भएका छन् तर आफ्नै पार्टीभित्र मन्त्री बन्ने महत्वाकांक्षा बोकेर बसेका नेताहरुलाईचाहि उनले कसरी व्यवस्थापन गर्लान् त ? कांग्रेसभित्र मन्त्रीको दाबेदार नेताहरु को–को छन् ? यो सवालमा धेरै कुरा बाहिर नआएपनि सभापति देउवाले सुरुमा सानो मन्त्रिमण्डल बनाउँदैछन् र एक–दुई दिनमा सबै पार्टीलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दै जाने तयारीमा उनी देखिन्छन् ।

कांग्रेस र माओवादीको गठबन्धन भएकोले पनि प्राय धेरै प्रभावशाली मन्त्रालय कांग्रेसले आफै राख्नेछ भने माओवादीले पनि उसकै हाराहारीमा मन्त्रालयहरु पाउनेछ । तिनै मन्त्रालयका आधारमा सभापति देउवाले पार्टीभित्रबाट नेताहरु छानिसकेको बताइएको छ । सभापति देउवा नेतृत्वको सरकारमा सहभागी हुनसक्ने कांग्रेस नेताहरुमा गोपलामान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा.नारायण खड्का,शेखर कोइराला,शशांक कोइराला, महेश आचार्य लगायतको नाम अघि आएको छ ।

उनीहरुले प्रभावशाली मन्त्रालय पाउने सम्भावना छ । अघिल्लो सरकारमा सहभागी भएका गगन थापा, रामशरण महत, युवा नेता रामहरि खतिवडा, चन्द्र भण्डारी लगायतको नाम पनि अघि आएको छ । त्यस्तै, ज्ञानेन्द्र बहादुर खड्का, मिन विश्वकर्मा,डिना उपाध्याय, भीमसेनदास प्रधान लगायतको नाम पनि सरकारमा सहभागी हुन सक्ने नेताहरुको लिष्टमा परेको कांग्रेस केन्द्रीय कार्यालय निकट श्रोतले जनाएको छ ।

सभापति देउवाले पार्टीभित्रका अन्य थुप्रै नेताहरुलाई योपटक व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी उनको काँधमा आएको देखिन्छ, किनभने यसअघि थुप्रै नेताहरु विविध कारणले सरकारमा सहभागी हुन चाहेर पनि सकेका थिएनन् । उनीहरु सबैले यो पटकको सरकारमा सहभागी हुने महत्वाकांक्षा देखाएका छन् । त्यसकारण सभापति देउवाको काँधमा पार्टीभित्रको यो महोत्वाकांक्षालाई व्यस्थापन गर्ने जिम्मेवारी थप चूनौतीका रुपमा अघि आएको देखिन्छ ।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेस नेताहरुका सम्भावित नामहरुः
–गोपालमान श्रेष्ठ
–शशांक कोइराला
–शेखर कोइराला
–कृष्ण प्रसाद सिटौला
–पूर्णबहादुर खड्का
–रामशरण महत
–ज्ञानेन्द्रबहादुर कार्की
–महेश आचार्य
–डा.नारायण खड्का
–गगन थापा
–पद्मनारायण चौधरी
–चन्द्र भण्डारी
–डिना उपाध्याय
–फरमुल्लाह मन्सुर
–मिन विश्वकर्मा
–बलबहादुर केसी

-अर्जुन जोशी
–रामहरि खतिवडा
–भीमसेनदास प्रधान
–बीरबहादुर बलायर
–जीवन परियार
–मदन अमात्य
–अब्दुल रज्जाक
–यज्ञबहादुर थापा
–रामकृष्ण यादब
–उषा गुरुङ
–सरस्वती बजिमय
–दिपक खड्का
–अमृत अर्याल
–आनन्द ढुंगाना
–आरजु राणा
–उदयशम्शेर राणा
–किरण यादव
–डिकबहादुर लिम्बु
–धनराज गुरुङ
–पुस्करनाथ ओझा
–महेन्द्र यादव
–राजेन्द्र अमात्य
–पुष्पा भूसाल
–सरिता प्रसाई
–सञ्जयकुमार गौतम