खेलकुद

क्रिष्टियानो रोनाल्डोका छोरा जब बाबुलाई देख्ने वित्तक्कै रोए….!

एजेन्सी । बुबाले च्याम्पियन्स लिगको फाइनलमा रियल म्यार्डिडलाई जित दिलाउन सफल भएपछि क्रिष्टियानो रोनाल्डाको छोरा एक्कासि रोएका छन् । च्याम्पियन्स लिगको फाइनलमा आफ्नो बुबाले २ गोल हानेपछि भावुक बनेको जुनियर रोनाल्डोका तस्वीर भावुक हुँदै आँसु पुछिरहेको देखिन्छ ।

खेल जितेपछि मैदानमा आफ्नो बुवालाई परिवारसहित भेट्न गएका क्रिस्टियानो रोनाल्डो जुनियर भावुक बनेका थिए।

रोनाल्डोको २ गोलको सहयोगले आइतबार बिहान रियल म्याड्रिड ४–१ गोलले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । खेल जितेपछि मैदानमा आफ्नो बुवालाई परिवारसहित भेट्न गएका क्रिस्टियानो रोनाल्डो जुनियर भावुक बनेका थिए ।

३२ वर्षीय रोनाल्डोको छोरा जुनियर रोनाल्डोको जन्म २०१० मा भएको थियो। उनको आमाको परिचय अहिलेसम्म गोप्य राखिएको छ। यो तस्वीर यसबेला संसारभर भाइरल भैरहेको छ ।