अन्तर्राष्ट्रिय

लण्डन आक्रमणका २ हमलाकारीको नाम सार्वजनिक

एजेन्सी । ब्रिटिश प्रहरीले लण्डन ब्रिज क्षेत्रमा शनिबार राति हमला गर्ने तीन पुरुषमध्ये दुईजनाको नाम सार्वजनिक गरेको छ। प्रहरीका अनुसार उनीहरु २७ वर्षीय खुराम बट र ३० वर्षीय रसीद रेदवान हुन्।

तेस्रो हमलाकारीको नाम अझै सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार पाकिस्तानमा जन्मिएका ब्रिटिश नागरिक खुरामको कम्तीमा एक सन्तान भएको ठानिएको छ।

उनले इस्लामवादी उग्रवादबारेको एउटा टेलिभिजन डकुमेन्टरीमा भाग लिएका थिए र प्रहरीलाई उनको बारेमा थाहा थियो।