पु.समाचार

कतारसँग उसका छिमेकीले सम्बन्ध तोडेपछि नेपालको यस्तो कदम

काठमाडौं । कतारसँग उसका छिमेकी मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडेपछिको वस्तुस्थितिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, कतारसहित अन्य खाडी राष्ट्रहरुमा देखिने परिस्थितिलाई मूल्याङकन गरेर खबर पठाउन परराष्ट्र मन्त्रालयले सोमबार ती मुलुकहरुमा रहेका नेपाली दूतावास र कूटनीतिक नियोगलाई पत्राचार गरेको छ ।