आर्थिक

एनआईसी बैंकद्वारा विभिन्न स्थानहरुमा बृक्षरोपण

काठमाण्डौ । एन आई सी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा सोमबार बृक्षरेपण कार्यक्रम समपन्न गरेको छ । एनआईसी बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, पर्वत, बैकंको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बैंकले दावी गरेको छ ।

एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको र यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र मुलुकभर सात हजार विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ ।

यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।