राजनीति

गृहमन्त्री निधिले लगाए एमालेलाई कडा आरोप

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेर लोकतन्त्रघाती काम गरेको बताएका छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै गृहमन्त्री निधिले एमालेको यो अर्तध्वंसी भूमिका भएको बताउँदै संसदलाई बन्धक बनाउन नपाइने बताएका हुन् ।

गृहमन्त्री निधिले प्रधानमन्त्री पदको निर्वाचनमा शेरबहादुर देउवाले ३ सय ९१ भन्दा बढी मत पाउने पक्का भएको स्पष्ट पार्दै अरु दलहरुले पनि साथ दिने तयारी गरिरहेको बताएका छन् । उनले एमालेप्रति कटाक्ष गर्दै भनेका छन्, ‘एमालेसँग उम्मेद्वार पनि छैन, मत पनि छैन । खाली फत् फत् मात्रै छ ।