राजनीति

देउवाका नजरमा परेका यी ६ नेता, जसको नामै लिएर उनले दिए यस्तो प्रतिक्रिया !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीका एकमात्र प्रस्तावित उम्मेद्वार शेरबहादुर देउवाले विभिन्न राजनीतिक दलका आधा दर्जन नेताहरुलाई निकै खुसी भएर धन्यवाद दिएका छन् । आफुलाई प्रस्ताव र समर्थन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुलाई उनले धन्यवाद दिएका छन् । सभापति देउवाले आफ्नो फेसबुक पेजमा स्टाटस् लेखेर उनीहरुलाई धन्यवाद दिएका हुन् ।

सभापति देउवाबाट धन्यवाद पाउनेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का लगायतका नेताहरु रहेका छन् । उनीहरु सबैलाई सभापति देउवाले एकमुष्ठ रुपमा धन्यवाद दिएका छन् ।

नयाँ प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका सभापति देउवा आइतबारै प्रधानमन्त्री चुनिने कार्यतालिका भएतापनि भरतपुरमा भएको मतगणना विवादमा एमालेले संसद अवरोध गरेका कारण त्यो सम्भवन भएन ।

मंगलबार १ बजेसम्मका लागि संसद स्थगित भएकोले सम्भवत मंगलबार साँझसम्म सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावना छ । शीर्ष दलहरुबीच भरतपुर मतगणना विवाद र प्रधानमन्त्री चयन प्रक्रियामै विवाद देखिएको र सहमति खोज्ने प्रयास जारी रहेकोले मंगलबारसम्म भने सहमति हुनसक्ने धेरैको आंकलन छ ।