समाचार

काठमाण्डौ उपत्यकामा यो वर्षकै सबैभन्दा बढी गर्मी

काठमाडौं । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते ९मे २३ तारिखमा ० ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।