पु.समाचार

अकुत सम्पतिमा पनि तानिए निलम्बित महानिर्देशक शर्मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको सम्पत्तिमाथि पनि छानबिन अघि बढाएको छ ।

विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै अनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो ।

सोमबारको कारोबारमा लेखिएको छ, विभिन्न व्यापारिक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा बयान दिने क्रममा अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो ।