समाचार

दुवईमा यसरी मारिइन् २५ वर्षीया नेपाली युवती

काठमाडौं । यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको ।

सोमबारको कान्तिपुरमा लेखिएको छ, घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।