राजनीति

उपेन्द्र यादबले शेरबहादुर देउवालाई बिना शर्त प्रधानमन्त्रीमा समर्थन गर्ने

काठमाण्डौ । उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरम नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नलागेको सरकारलाई मतदान गर्ने निर्णय गरेकाले हो ।

मधेशबादी मेर्चाबाट पहिलो चरणको स्थानीय तहको निर्बाचनबाट अलग्गिएर निर्बाचनमा समेत भाग लिएका यादबले सरकारमा सहभागी हुने नहुने निर्णय भने गराएका छैनन् । उचित मन्त्रालय पाए उपेन्द्र यादबको पार्टी सरकारमा समेत सहभागी हुने समाजबाादी फोरम निकट स्रोतको दाबी छ । प्रमुख सचेतक शीबजी यदवले देउवालाई मतदान गर्ने निर्णय भएको बताए ।

महन्थ ठाकुरको पार्टी राजपाले भने समर्थन गर्ने वा नगर्ने सरकारमा जाने वा नजाने अहिले सम्म टुंगो लगाएको छैन । यसअघि नै राप्रपाले सरकारमा जाने संकेत दिईसकेको छ । उपेन्द्र यादब दोस्रो चरणको निर्बाचनमा आफ्नो पार्टीलाई केहि स्थान भएपनि विजयी बनाउन आन्तरीक तयारीमा लागेका छन् ।