राजनीति

एमालेको अबरोध आउने भएपछि प्रधानमन्त्री निर्बाचन अपरान्हका लागी सर्यो, पुनः सर्न सक्ने

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमलेको अबरोध हुने निह्चि भएपछि संसद बैठक बेलुकीसम्मकालागी सारिएको छ । आईतबार ११ बजेका लागी बोलाईएको संसद बैठकमा भरतपुरमा मतगणना सूचारु राख्नुपर्ने माग गर्दै संसद अबरुद्ध पार्दै आएको एमालेले उक्त निरन्तरता दिने भएपछि बैठक बेलुकी ३.00 बजेका लागी सारिएको छ । मूख्य दलहरुबीचको छलफल नसकिएका कारण पुनः सांझसम्मका लगाी प्रधानमन्त्री निर्बाचनका लागी गरिने संसद बैठक सारिने अनुमान लगाउन सकिन्छ ।

अपरान्हको संसद बैठक हुनुभन्दा अगावै मूख्य दलका शीर्ष नेताहरुबीचमा छलफल गर्न सुरु गरिएको छ । काँग्रेस सभापति देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा संसद खुलाउन पहल गर्ने बिषयमा छलफल हुन शरुरु भएके बताईएको छ ।
एमालेले भरतपुरको मतगणना सूचारु गर्न माग गरेपनि निर्बाचन आयोगले पुनः मतदान गर्ने पिनर्णय शनिबार बसेको आयोगको बैठकबाट गरिसकेको छ । उक्त निर्णयसंगै भरतपुरको मतगणना हुने सम्भाबना छैन बरु पुनः हुने भनिएको निर्बाचनको लागी सबै दल तयारीमा लाग्नु राम्रो हुने देखिन्छ ।
भरतपुर भन्दा पनि दोस्रो चरणमा सम्पन्न गर्न लागीएको ४ प्रदेशका ४६१ स्थानीय तहमाको निर्बाचनका लागी आफ्नो पकडमा नतिजा हाँशिल गर्न मूख्य दलहरु लाग्नु उपर्युक्त होला ।