राजनीति

सभापति देउवाले एमालेलाई संसद अबरोध हटाई सरकारमा आउन गरे यस्तो आग्रह

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपू प्रधानमन्त्री बन्ने निश्चित भएपछि नेकपा एमलेका अध्यक्ष केपी शमा ओलीसंग आफलाई सहयोग गर्न आग्रह गरेका छन् ।

ओली निवास बालकोट, भक्तपुरमा शनिबार साँझ भएको झन्डै दुई घन्टा लामो छलफलमा काँग्रेस सभापति देउवाले आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । ओलीलाई काँग्रेस सभापति देउवाले सरकारमा आउन समेत आग्रह गरेको बताईएको छ ।

बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिकाअनुसार सभापति देउवाले निरन्तरको संसदीय अवरोधलाई हटाएर सहयोग गर्न आग्रह गरेका थिए । देउवाको प्रस्तावप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीको निर्वाचन संसदीय प्रक्रियाभन्दा बाहिरबाट भएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने जवाफ दिएका थिए ।

सो अवसरमा अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा पुनःनिर्वाचन गर्नेभन्दा पनि पुनःमतगणना हुनुपर्ने थियो भन्दै उक्त विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका निधिले जानकारी दिए ।

जवाफमा काँग्रेस सभापति देउवाले भरतपुरको पुनःनिर्वाचनलाई प्रधानमन्त्रीको निर्वाचनसंग जोडेर हेर्न नमिल्ने भन्दै दुई निर्वाचन फरक–फरक पाटो भएको र भरतपुरको पुनःनिर्वाचनका विषयमा आफू र आफ्नो पार्टीको संलग्नता नभएको उल्लेख गरेको निधिले बताए ।

सभापति देउवालाई उद्धृत गर्दै उनले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गरेको बताए । त्यस्तै, एमाले अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले प्रधानमन्त्रीको निर्वाचन संसद् प्रक्रियाभन्दा बाहिरबाट भएकाले समर्थन गर्न नसक्ने बताएको जानकारी दिए ।