अन्तर्राष्ट्रिय

लण्डनमा पैदल यात्रुमाथि आक्रमण, थुप्रै पैदलयात्रीको मृत्यु भएको अनुमान

एजेन्सी । एउटा गाडी सडक पेटीमा हिंडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ । एउटा सेतो भ्यान एक्कासि पैदल यात्रुमाथि जोतिएपछि १ भन्दा बढी यात्रुहरु मारिएको हुनसक्ने लण्डन प्रहरीले आशंका गरेको छ ।

स्थानीय प्रहरीका अनुसार एक्कासि हमला गर्ने संदिग्ध आक्रमणकारीहरुलाई खोजिरहेको बताएको छ ।

त्यस्तै, सोही बेला लण्डनकै अर्को क्षेत्रमा गोलाबारी भएको बताइएको छ । लण्डनको बरा बजार क्षेत्रमा चाकु हमला भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको विस्तृत विवरण आइनसकेको बताइएको छ ।