पु.समाचार

बालकोटमा देउवा र ओलीबीच गोप्य कुराकानी, ओलीले दिए यस्तो संकेत !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद् चल्न नदिने जिकिर गरेका छन् । शनिबार साँझ कांग्रेस सभापति देउवा ओलीनिवास बालकोट गएर संसद् अवरोध हटाउने विषयमा छलफल गरेका थिए ।

तर,ओलीले तत्काल आफूहरू संसद् अवरोध हटाउन नसक्ने भन्दै आइतबार पार्टीको बैठकपछि थप छलफल गर्न सकिने आश्वासन देउवालाई दिएका छन् । ‘ओलीको पुरानै हठ छ’, देउवा निकट स्रोतले भन्यो, ‘आइतबार पार्टीको बैठकपछि पुनस्छलफल गर्ने भन्नुभएको छ ।’

आइतबारको अन्नपूर्णमा लेखिएको छ, देउवाले भने मतगणना जारी राख्ने कि मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै संसद् र सरकारको कुनै भूमिका नहुने भन्दै संसद् अवरोध हटाएर अन्य विकल्पमा अघि बढ्न आग्रह गरेका थिए ।

देउवाले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले पनि त्यसलाई संसद्ले निर्देशनसमेत दिन नमिल्ने भन्दै संसद् अवरोध हटाउन देउवाले ओलीसमक्ष आग्रह गरेका थिए ।