पु.समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा पौडेल राखे देउवासमक्ष कडा प्रश्न !

काठमाडौं । कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् ।
निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने ? संगठन कसरी र कसले चलाउने ? भन्ने लगायतका प्रश्न गरेका थिए ।

आइतबारको नागरिक दैनिकको समाचारमा उदृत गरिएको छ, पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ ।’