पु.समाचार

बाटो खुल्ला गरेको ७२ घण्टा पनि नवित्दै यसकारण पछि हटे प्रधानमन्त्री

काठमाडौं । आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् । मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट पछाडि हटेको हो ।

आइतबारको नागरिकमा लेखिएको छ, प्रधानमन्त्री भएदेखि आफ्नो पार्टी माओवादीनिकट सञ्चालक रहेको झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दाहालले बुधबारको मन्त्रीपरिषदबाट यससम्बन्धी निर्णय गराएका थिए ।