अन्तर्राष्ट्रिय

न्युयोर्कका पूर्व मेयरले गरे राष्ट्रपति ट्रम्पको भनाईको खण्डन

एजेन्सी । पेरिस सम्झौताबाट अलग हुने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयका माझ अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने आफ्ना वाचाहरु पूरा गर्ने न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले बताएका छन्।

शहर र जलवायु मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष दूत समेत रहेका ब्लूमबर्गले अमेरिकी राज्यहरु, शहरहरु र कम्पनीहरु एकताबद्ध भइरहेको र पेरिस सम्झौताको अंग रहिरहन चाहने बताएका हुन् । वाशिङटनलाई त्यसमा उनीहरुले बाधक हुन नदिने ब्लूमबर्गको भनाई थियो ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंसँग प्यारिशमा भेटवार्ता गरेपछि ब्लूमबर्गले त्यस्तो बताएका थिए । पेरिस सम्झौताबाट अलग हुने राष्ट्रपति ट्रम्पको निर्णयको विश्वव्यापी रुपमा निन्दा भइरहेको छ।