पु.समाचार

भारतीय प्रहरीलाई जोगाउन यसरी खटेका थिए प्रहरी प्रमुख विष्ट !

डोटी । डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा पक्राउ परेका भारतीय प्रहरीका डिएसपी सहितको टोलीलाई नेपाल प्रहरीले बिनाकारबाही छाडेको छ । डोटीका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिस्ट आफैं स्कर्टिङ गरेर सीमा नाका कटाउन रातारात लागि परेका हुन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, केन्द्रको निर्देशन अनुसार पक्राउ परेका भारतीय प्रहरीलाई कञ्चनपुरस्थित महाकाली अञ्चल प्रहरी कार्यालयलाई जानकारी गराई सीमापारि भारत वनवासा थानाका इन्चार्ज राजेश पाण्डेलाई बुझाइएको हो ।