मनोरञ्जन

२०१७ को मिस नेपालमा ‘निकिता चन्दक’

काठमाण्डौ । निकिता चन्दक मिस नेपाल २०१७ बनेकी छिन् । २०१५ मा मिस नेपाल बनेकी अश्मी श्रेष्ठले मिस नेपाल बनेकी चन्दकलाई ताज पहिर्याईदिएछि छिन् । १८ प्रतिश्पिर्धी मध्ये मिस नेपाल छानिएकी चन्दक आगामी हुने मिस वर्ल्ड प्रतियोगीतामा समेत भाग लिने छिन् ।
मिस नेपाल अर्थ राजिना श्रेष्ठ, मिस नेपाल ईन्टरनेसनल निति शाह र मिस नेपाल एसिया प्यासिफिक ईन्टरनेसनलको उपाधी पाएका छन् । दि हिडेन ट्रेजरले २२ औं मिस नेपाल प्रतियोगीताको रुपमा गरेको कार्यक्रममा उक्त प्रतिस्पिधीहरुबीचमा पदक जित्न सफल भएका हुन् ।