आर्थिक

कृषि विकास बैंकबाट आस्वा सेवा निःशुल्क

काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेकोे आईपीओ तथा एफपिओमा आश्वा प्रणली मार्फत लगानी गर्दा बिना शुल्क शेवा दिने भएकोछ । आम नेपाली जनताहरुलाई बैकिङ सेवा दिदै वित्तीय कारोबारमा जागरुप गराउने तथा बैंक मार्फत शेयर लगानी गर्दा सेवाग्राही महानुभावलाई थप सहुलियत होस भन्ने उदेश्यले बैंकले आश्वा सेवा निःशुल्क गरेको हो ।

मुलुकभर फैलिएर रहेको बैंकले सम्पुर्ण नागरीकहरुलाई सहज होस भन्ने हेतुले आस्वा (ASBA) सेवा मार्फत शेयर लगानी गर्न आब्हान गर्दै हाल १७७ वटा कार्यालयहरुबाट यो सेवा निःशुल्क रुपमा लिन सकिने कुरा बैंकले जानकारी दिएको छ । बैंक लि.ले Centralized -ASBA सेवा समेत निःशुल्क गर्ने भएको छ ।